काठमाडौं–चलचित्र ‘बुलबुल’ बाट डेब्यु गरेका नायक मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। सत्यराज चौलागाँइको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्तरे’मा मुकुन पक्का भएका छन्। उनी शिर्ष भूमिकामा देखिने भएका छन्।
मुकुनले चलचित्रको टिम राम्रो भएकाले आफूले काम गर्न लागेको बताएका छन्। उनले भने ‘बुलबुलबाट पाएको मायामा कुनै कमी नहोस् भनेर राम्रो कथा खोजिरहेको थिएँ। सोही समयमा अन्तरे चलचित्रको स्क्रिप्ट आइपुग्यो। चलचित्रको मुख्य पात्र अन्तरे बन्दैछु।’
‘स्क्रिप्टमा जे लेखिएको छ सो कुरा चलचित्रमा देखाउन सकिने गरी लेखिएको छ। समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र बन्नेछ’, उनले भने।
चलचित्रको लागि अन्य कलाकारको छनोट भइरहेको निर्देशक चौलागाँइको भनाई छ। ‘रेड आइज फिल्म्स’ को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुवास राई निर्माता रहेका छन्।
मुकुनले यसै वर्ष अर्को चलचित्र ‘झिंगेदाउ’ मा पनि काम गर्नेछन्। यो चलचित्रका लागि अहिले धमाधम सेट निर्माणको काम तीवू गतिमा भईरकेको छ।