एजेन्सी — बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते छन्।
दक्षिणी बन्दरगाह चितागंग जाँदै गरेको रेल ब्रह्मनबारियास्थित अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो।
स्थानीय मिडियाका अनुसार मंगलबार बिहान ३ बजे यस्तो घटना भएको हो। घटनास्थल राजधानी ढाकाबाट १ सय किलोमिटर पर पर्छ।
मृतकको शरिर अहिलेसम्म पोस्टमार्टम गर्ने प्रक्रियामा रहेको भने घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ बताईएको छ।
साथै प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुख व्यक्त गर्दै घटनाका पीडितलाई सहयोग गर्न आग्रह गरेकी छन्।
बंगलादेशमा यस अघि पनि रेल दुर्घटना हुने गरेको थियो।