एजेन्सी- गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडमा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ। इजरायलको एक गैरसरकारी संस्थाले यसलाई फैलाएको अनुमान छ।
विश्वमा प्रयोग हुने ८४ प्रतिशत स्मार्टफोनहरु एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छन्।
गुगलको आफ्नै अनुसन्धान समूह प्रोजेक्ट जिरोले एन्ड्रोइडमा रहेको सुरक्षा कमजोरी पत्ता लगाएको हो। यसको नाम ‘जिरो डे’ दिइएको छ। सुरक्षा कमजोरीका कारण गुगलको एन्ड्रोइड ८ र त्यसपछिका भर्सन प्रयोग हुने स्मार्टफोनहरु प्रभावित बनेको जनाइएको छ।
यो सुरक्षा कमजोरीका कारण फोनको तथ्यांक चुहावट हुन सक्ने गुगलले जनाएको छ। गुगलका अनुसार एन्ड्रोइडमा देखिएको सुरक्षा कमजोरीले निम्न स्मार्टफोन मोडलमा समस्या देखिएको छ।
१. सामसङ एस सेभेन
२. सामसङ एस एट
३. सामसङ एस नाइन
४. साओमी एमआई ए वान
५. साओामी रेडमी नोट फाइभ
६. साओमी रेडमी फाइभ ए
७. हुवावे पी ट्वान्टी
८. एलजी ओरियो
९. मोटो जेड थ्री
१०. ओप्पो ए थ्री
११. गुगल पिक्सेल टु
यी स्मार्टफोन मोडलहरु बोक्नेले गुगलले उपलब्ध गराएको सुरक्षा अपडेट (प्याच) अपडेट गर्नु पर्ने छ।