काठमाडौं — कम्युटर एशोसिएसन नेपाल महासंघ, क्यान फेडरेशनको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार नवराज कुवँरको प्यानल घोषणा गरिएको छ।
एक कार्यक्रमबिच संस्थालाई गतिशील, सुधारोन्मुख र समावेशी बनाउनका लागि कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको ४१ सदस्यीय उम्मेद्वारी घोषणा गरिएको हो ।
घोषण कार्यक्रममा कुवँरले आफ्नो प्यानलले क्यान महासंघका सदस्यहरुको हकहितका लागि सरकारसँग सहकार्य तथा समन्वय गर्न सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, राष्ट्रिय एजेण्डामा सहकार्य तथा सम्झौता गर्ने र व्यवसायिक तथा राष्ट्रिय हितका विषयमा खबरदारी गर्ने प्रतिबद्धता जनाए ।
सूचना प्रविधिसम्बन्धी सामान एवम् सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यवहारिक कर नीतिलाई सरकारसँग छलफल गरी समाधान गर्न पहल गरिने उनको भनाइ छ ।
साथै उनले केन्द्र र सातै प्रदेशमा क्यान महासंघको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने कार्य अगाडी बढाउने दाबी गरे ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले लामो राजनीतिक उथलपुथलपछि देशले स्थिरता पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइटी क्षेत्रले प्राथमिकता पाएको उल्लेख गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको एउटा नारा छ, समृद्ध नेपाल सुखी नेपाली । यसमा ९९ प्रतिशत योगदान भनेको सूचना प्रविधि नै हो । प्रधानमन्त्रीज्यूले पनि यो कुरा बुझ्नु भएको छ । त्यसकारण उहाँले आफ्नो सल्लाहकारहरुको सूचना प्रविधिसम्बन्धी सल्लाहकार पनि समावेश गर्नुभएको छ’, उनले भने ।
उक्त क्षेत्रको बेथितीलाई नियन्त्रणमा लिनका लागि प्रधानमन्त्री एकदमै गम्भीर रहेको स्पष्ट पार्दै सल्लाहकार अलीले त्यही अनुसार अबको नेतृत्वले टेक्नोलोजी क्षेत्रको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
कुवँर हाल संस्थाका वरिष्ठ उपाध्यक्ष हुन् । उनको संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने रहेका छन् भने संस्थागत आजिवन समूहबाट डा। पवन कुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल उम्मेद्वार रहेका छन् ।
त्यस्तै व्यक्तिगत आजिवन समूहबाट प्रा।डा शुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहेका छन् भने व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल र दिनेशराज कार्कीले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी वस्तुगत सदस्य समूहबाट नारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी र प्रताप सापकोटाको उम्मेद्वारी रहेको छ भने लेखा समितिमा लक्ष्मण यादव ९संस्थागत सदस्य समूह०, हृदयमान श्रेष्ठ ९व्यक्तिगत सदस्य० र भिमसेन गिरी ९जिल्ला शाखा० कुवँरको प्यानलमार्फत् चुनावी मैदानमा आएका छन् ।
जिल्ला शाखा समूह अन्तर्गत प्रदेश नं। २ बाट दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ, प्रदेश नं ३ बाट शेखरनाथ दुलाल र भानु शर्मा, गण्डकी प्रदेशबाट अशोकबाबु राना, प्रदेश नं। ५ बाट रेशम गिरी र ध्रुवराज शर्मा ९सुदीप०, कर्णाली प्रदेशबाट दलबहादुर खड्का र भीम मल्लले उम्मेद्वारी दिएका छन् भने सुदूरपश्चिम प्रदेशबाट हर्क सेठ्ठी र खेमराज ढुंगाना छन् ।
प्रदेश नं। १ बाट २ जना र गण्डकी प्रदेशबाट एक जनाको उम्मेद्वारी आउन बाँकी रहेको र भरेसम्म आइपुग्ने कुवँर समूहले जनाएको छ ।
यस्ता छन् प्रतिबद्धता