एजेन्सी– चर्चित बलिउड अभिनेत्री सोनाक्षीले आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाह रहेको बताएकी छन्। एक म्यागजिनलाई अन्तर्वार्ता दिनेक्रममा उनले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी हुन्। ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन्?’ भन्ने म्याग्जिनको जिज्ञासामा उनले भनिन्‘ ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन।’
त्यसपछि फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्दा कसलाई रोज्नु हुन्छ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ऋतिकको नाम लिएकी हुन्। उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि स्पष्ट पारेकी छन्। पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ।
केहि समय अगाडी यो समाचार सामाजिक सन्जालमा भाइरल बनेका बेला नायिका सोनाक्षी सिन्हाले पछिल्लोपटक आफु प्रेममा रहेको खुलासा गरेकी छिन्। सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन् ‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ। तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन्।’
सोनाक्षीले बिहेको बिषयमा पनि मुख खोलेकी छिन् । उनले भनिन् ‘अब मेरो बिहे गर्ने बेला भैसकेको छ। तर, मेरो मातापिताले खोजेजस्तै केटा मैले पाएकी छैनँ।’ उनका अनुसार, उनका मातापिताले ‘सुशिल केटा’ खोजेका छन्। उनका अनुसार, बलिउडमा यस्तो गुण भएको केटा कोही पनि छैनन्। सोनाक्षीले के ऋतिकलाई नै रोजेकी हुुन् त यो सबैको जिज्ञासाको विषय हो।