काठमाडौं–नेपालमा अहिले चलचित्रहरु रिलिजको मितिमा कम शो पायो भन्दै फिल्म जुधे भन्दै रिलिज मिति सरेका धेरै उदाहरणहरु छन्। कात्तिक ८ गते सो कम पाएको भन्दै कात्तिक २२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘घामड शेरे’को ओपनिङ सुखद बनेन। चलचित्रले सुरुवाती दिनमा गरेको व्यापार गर्दा, यसलाई निकै नै कमजोर भन्न सकिन्छ। हेमराज वीसीको निर्देशनमा बनेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ।
चलचित्र क्षेत्रमा नै निकै नै राम्रो क्रेज बनाएका यी तिन जनाको चलचित्रलाई दर्शकले रुची नदेखाउनुको कारण के होला? निर्देशक हेमराज वीसी आफैले पनि चलचित्रको ओपनिङ अपेक्षित नभएको स्विकार गर्छन्। उनले चलचित्रको रिलिज डेट पछि सर्दा व्यापारमा असर परेको बताए।
तर, के चलचित्रको रिलिज डेट कात्तिक ८ बाट कात्तिक २२ मा सरेकै कारण, यो चलचित्र नचलेको होला? चलचित्र रिलिज पूर्व यसलाई चलचित्र कर्मीले राम्रो व्यापार गर्ने अनुमान लगाएका थिए। तर, चलचित्र रिलिजपछि निश्चल र स्वस्तिमाको जोडीलाई पर्दामा हेर्न दर्शकले रुची नदेखाउनु आफैमा सोचनिय बिषय हो।