काठमाडौं _ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागेको छ ।
सेवाग्राहीसँग जग्गा नामसारी गर्ने बहानामा खरिदार पौडेलले घुस लिएको आरोपमा आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस