काठमाडौं– लाईभ लोहोरी प्रतिस्प्रधाबाट चर्चामा आएकी धादिङ्की ११ बर्षीय बाल गायिका कमला घिमिरेको लोक दोहोरी गीत ‘चिया छानेको’ भर्खर मात्र सार्वजानिक भएको छ।
अहिलेका लोकप्रिय सर्जक खेम सेन्चुरीको लय तथा रमेश बि जी को उत्कृष्ट शब्द सिर्जनामा तयार भएको गीतको संगीत संयोजन विनोद बाजुरेलीले गरेका हुन्। कमलालाई आवाजमा अमृत सापकोटाले साथ दिएका छन्, भने मालश्री डिजिटल रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो। शंकर बि सी ले भिडियो निर्देशन गरेका छन्।
लोक दोहोरी क्षेत्रमा अहिलेका चर्चित नायक,नायिकाहरु शंकर वि सी, विमल अधिकारी, अन्जली अधिकारी, करिश्मा ढकाल, रिना थापा लगायत कलाकारहरुलाई भिडियोमा देख्न सकिन्छ। त्यसैगरी खेम सेन्चुरी, बद्री पंगेनी,बिनोद बाजुरेली,मोहन खड्का लगायतका गायक÷गायिकालाई पनि भिडियोमा देख्न सकिन्छ।
कमला रातो गुन्यो र चोलीमा सजिएर राम्रो लिपसिङ् दिएकी छिन्। गीतको भाका थेगो शब्द एकदमै सरल कमलाले कार्यक्रममा जसरी गाँउछिन् त्यस्तै रुपमा गीत तयार गरिएको छ। गीतका सर्जकहरुलाई सम्मान दिनै पर्छ। किनकि गीत बनावटी शैलीको भन्दा पनि उनको उमेर,क्षमता अनुसारको ढाँचामा छ।
समग्रमा गीत राम्रो बनेको छ। अन्जली करिश्मा, रिना जस्ता चर्चित नायिकाहरुले बिच बिचमा हँसाएको दृश्यले गीतको भिडियो अझैं उत्कृष्ट बनेको छ। सुभारम्भ डिजिल म्युजिक बाट बजारमा आएको छ।
https://www.youtube.com/watch?v=AYxWe4kUMu0