काठमाडौं–बरिष्ठ लोक गायिका बिमाकुमारी दुरा नेपाली गीत संगीतको जिउँदो स्तम्भ हुन्। ३ दशक भन्दा बढी गीत संगीतमा सक्रिय रुपमा लागिरहेकी गायिका ब्यवसायिक रुपमा सबैभन्दा लामो समय टिकिरहेकी गायिका हुन्।
अडियो क्यासेटको जमाना देखि अहिलको डिजिटल प्रविधिसम्म पनि उनले निरन्तर रुपमा गीत गाईरहेकी छिन्। गुणात्मक र संङ्ख्यात्मक हिसाबले सबैभन्दा बढी गीतमा आवाज दिएकी यी गायिका अहिले आफुमाथि भएको अन्यायको विरुद्धमा आवाज उठाउँदै मिडियामा आएकी छिन्।
धेरै ठाउँमा यसरी फोटो राख्ने र कलाकारलाई नबोलाउने अन्त्यमा हाम्रो निमन्त्रणालाई अस्वीकार गर्यो भन्दा मलाई मात्र होईन जुनसुकै कलाकारलाई पनि यो कुराले असर हुन्छ। ताकि अर्को ठाउँमा आयोजकले हामी अटेर घमण्डी भनेर बोलाउन मान्नु हुदैन। तर यसको बास्तविकता अर्कै हुन्छ। त्यसकारण यसी कलाकारहरुलाई फोटो बेचेर खाने भाँडो बनाउँने आयोजकको विरुद्ध कानुन बमोजिम जाने उनको तर्क छ। कतिपय कलाकारले यस्तो विषयमा आवाज उठाउँदैन् तर मलाई धेरै पटक यस्तो अन्याय परेको कारण बाध्य भएर आवाज उठाएको उनले बताईन्। यो गल्तीको बारेमा आयोजकले स्वीकार नगरे कानुनी प्रक्रियामा अगाडि बढ्छु उनले भनिन्।
ताकि कार्तिक २० देखि ३० सम्म चलिरहेको तनहुँ आदिवासी जनजाति महोत्सवमा उनको फोटो त राखिएको छ तर महोत्सव सकिदै छ उनलाई अहिलेसम्म कुनै खबर छैन। अडियो जमानामा पनि उनको आवाजमा अरु गायिकाहरुको नाम जोडिएर आउँथ्यो तर स्वर उनको प्रष्ट सुनिन्थ्यो। उनी यस्ती पृथक आवाज धनी गायिका हुन् कि अहिलेसम्म उनको आवाज सँग कुनैपनि गायिकाको आवाज तुलना गर्न पनि मिल्दैन। अहिलेको प्रविधिको भरमा बनेका गीतमा आवाज दिने धेरै व्यवसायिक गायिकाहरुको आवाज भन्दा उनले पुरानो प्रविधिमा गाईएका गीतमा उनको आवाज मिठो सुनिन्छ।
भर्खर मात्र राजुपरियार र उनले गाएको भगवान भण्डारीको गीत सान्नानीको पछ्यौरीमा उनले १५ बर्ष अगाडि गाएको गीत खैरेनीमा गेट भन्दा अझ मिठो तरिकाले गाएकी छिन्। गीतलाई छोटो समयमा निकै रुचाईएको छ। अहिलेको प्रविधिमा विमाकुमारी दुराले आवाज दिन थाले अहिलेका व्यावसायिक गायिका पछाडि पर्ने डरले सबैतिर रेकर्डिङ स्टुडियोमा विमाकुमारी दुरालाई गायिका राख्ने भन्दा उहाँले गाउँन छोड्नु भयो भनेर पनि बाटो तर्काएको धेरै उदाहरण छन्।
त्यसैले विमाकुमारी दुरा मात्र होईन कुनै पनि कलाकारलाई आयोजकहरुले दुरुपयोग नगरियोस्। गल्ती गर्नेले समयमै पाठ सिकोस् र फेरि यस्ता गतिविधि नहोस् भन्ने हाम्रो तर्क छ।