काठमाडौं– सरकाले सेक्युरिटी प्रिन्टिङ स्थापनाको जिम्मा फ्रान्सेली कम्पनीलाई दिने निर्णय गरेको छ। अघिल्लो बुधबार बसेको मन्त्री परिषदको बैंठकले उक्त निर्णय लिएको हो।
पैसा र पासपोर्टसहितका महत्वपूर्ण कागजपत्र नेपालमै छाप्ने योजनका साथ सरकाले उक्त निर्णय लिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेक्युरिटी प्रिन्टिङ स्थापनको लागि फ्रान्सको इन ग्रुपसँग सम्झौता गर्ने निर्णय भएको हो।
पैसा, पासपोर्ट, स्टिकर, हुलाक टिकटजस्ता महत्वपूर्ण नेपालमै छाप्ने योजनाका साथ सेक्युरिटी प्रिन्टिङ अर्थात सुरक्षण मुद्रण स्थापना गर्न लागिएको हो। त्यसकालागि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फ्रान्सको उक्त कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरी सकेको छ। सम्झौता अनुसार सुरक्षण मुद्रण स्थापानको लागि करिब ३० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। त्यसमध्य केही रकम फ्रान्स सरकारले सहुलियतपूर्ण ऋणमा दिने उल्लेख गरिएको थियो।
गत फागुनमा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसादा बास्कोटा फ्रान्स भ्रमणमा गएका बेला उक्त ग्रुपसँग प्रारम्भीक समझदारी गरेर आएका थिए। उक्त समझदारी पत्रमा त्यसबेला नेपालको तर्फबाट मन्त्रलयकी सह–सचिव राधिका अर्यालले हस्ताक्षर गरेकी थिइन् । त्यसबेला प्रारम्भीक समझदारी गरेर फर्किएको मन्त्री बास्कोटाको टोलीले पुन दोस्रो पटकको फ्रान्स भ्रमणमा सम्झौता गरेर फर्किएको स्रोतले जनाएको छ।