महोत्तरी– सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेको छ।
महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनामा जनमत पार्टीले उम्मेदवारी दर्ता गरेको हो।
जनमत पार्टीका तर्फबाट अञ्जुदेवी मण्डलले उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन्।
महोत्तरीको पिपरा गाउँपालिका गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधन भएपछि मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो।