एजेन्सी- विश्वकै ठूलो दूरसञ्चार उपकरण निर्माता हुवावेले आफ्ना कर्मचारीलाई २ सय ८६ मिलियन अमेरिकी डलर अर्थात करिब ३२ अर्ब ६० करोड रुपैयाँ बोनस दिने भएको छ। ट्रम्प प्रशासनको प्रतिबन्ध विरुद्ध सघाएको भन्दै उक्त यस्तो बोनस दिने घोषणा गरेको हो।
गत मे मा अमेरिकाले सुरक्षा चुनौति देखिएको भन्दै चिनियाँ कम्पनी हुवावेका स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिष्टम प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। आफ्नो देशको महत्वपूर्ण सूचनाको सुराकीको गरेको भन्दै अमेरिकाले यो कम्पनी माथी आरोप लगाएको थियो। यद्यपि हुवावेले सुरुवाती चरणदेखि उक्त आरोपको खन्डन गर्दै आएको छ।
हाल हुवावेमा एक लाख ९० हजार कर्मचारी कार्यरत छन्। कम्पनीले अमेरिकाको प्रतिबन्धको असर कम गर्न खटिएका अनुसन्धान तथा विकास तर्फका कर्मचारीलाई यस्तो बोनस दिने घोषणा गरेको हो। हुवावेका कर्मचारीले अक्टोबर महिनाको तलब नियमित पाइरहेको भन्दा दोब्बर पाउनेछन्।
उक्त समुहले अमेरिकासँगको निर्भरता हटाउन मात्र सहयोग गरेन कम्पनीको छुट्टै हार्मोनी अपरेटिङ सिष्टम समेत बनाएर प्रतिकारमा उभिन सहयोग पु¥याएको थियो ।