एजेन्सी– परिणिती चोपडाले नायक अजय देवगणको चलचित्रमा काम नगर्ने भएकी छिन्। अजयले मस्टिस्टारर चलचित्र ‘भिजुः दि प्राइड अफ इन्डिया’ नामक चलचित्र निर्माणको तयारी गरिरहेका थिए। चलचित्रको लागि परिणिती पक्का थिइन्। तर, समय नमिलेपछि परिणितीले यो चलचित्रबाट हात झिकेकी हुन्।
चोपडा अहिले साइना नेहावालको बायोपिक चलचित्रमा काम गर्ने तयारी गरिरहेकी छिन्। यो चलचित्रको लागि उनले धेरै समयदेखि मिहिनेत गरिरहेकी छिन्। व्याडमिन्टन खेलाडी साइनाको बायोपिकमा काम गर्नको लागि परणितिले लामो समयदेखि यो खेल पनि सिकिरहेकी छिन्।
यो चलचित्र पछि परिणितीले ‘दि गर्ल अन दि ट्रेन’को रिमेक चलचित्रमा काम गर्दै्छिन्। यो चलचित्रको लागि पनि परिणिति पक्का भैसकेकी थिइन्। यो चलचित्रसँग अजयको चलचित्रको छायांकन समय जुध्ने भएपछि परणितीले चलचित्रबाट हात झिकेकी हुन्।
अजयको चलचित्र भाजुमा परिणितीको भूमिका निकै दमदार भएको निर्माणपक्षले बताइरहेको छ। चलचित्रमा संजय दत्त, अजय देवगण, सोनाक्षी सिंहा लगायतका कलाकारले अभिनय गर्दैछन्।