काठमाण्डौ–नङले औँलाको शोभा बढाउने काम गरिरहेको हुन्छ। धेरै जसो महिलाहरूले नङलाई सुन्दर र आकर्षक देखाउनका लागि नङ पालिसको प्रयोग गर्छन्। तर, नङलाई सौन्दर्यसँग मात्रै जोड्नुभन्दा पनि आफ्नो नङको रंग र आकार हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सकिन्छ।
नङको रंग हल्का निलो वा गाढा निलो देखिन थालेमा शरीरलाई आवश्यक मात्रामा अक्सिजन प्राप्त नभएको बुझ्न सकिन्छ। अक्सिजन नपुगेको खण्डमा श्वासप्रश्वाससम्बन्धी रोग या नाडीमा समस्या हुने सम्भावना बढ्छ। अत्यधिक चिसोका कारण पनि नङको रंग निलो हुन सक्छ।
नङको आकार मोटो, बढ्न छोडेको तथा नङको रंग पहेँलो हुँदै गएको छ भने फोक्सोमा समस्या हुन सक्छ। नङको रंग आधा फिका र आधा सेतो देखिएमा रगतमा ‘रेड ब्लड सेल’ को कमिका कारण यस्तो हुने गर्छ। यस्तोबेला अत्यधिक आइरन पाइने खानेकुरा प्रशस्त मात्रामा खाने गर्नु पर्छ।
कहिलेकाहीँ आइरनको कमिले नङ फुल्ने अर्थात् नङमा सानो सेतो धर्सा पनि देख्न सकिन्छ। नङको रंग रातो देखिन थालेमा हाई ब्लडप्रेसरको संकेत देखिएको भनेर बुझिन्छ। नङको रंग अत्यधिक रातो देखिएको अवस्थामा मुटु नै जोखिममा रहेको हुन्छ।
थाइराइड नङको जराबाट पनि निस्किन सक्ने हुँदा निकै पातलो नङलाई पानीमा हात डुबाउँदा नङ टुक्रिने, चिरिने, रुखो देखिने तथा फुट्ने गर्छ भने उच्च अवस्थाको थाइराइड हुने सम्भावना देखिन्छ।