काठमाडौं–करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदै आएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ। उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरिसकेका छन्। सामाजिक सञ्जालहरुमा पनि यिनीहरुको सयूक्त तस्विरहरु पोष्ट हुँदै आएका छन्।
यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी समेत गरेको छ। नायिका आँचल शर्माका अनुसार उनीहरु यो बर्ष नै बिहेको तयारीमा छन्। आँचलले फागुणमा आफूहरुले बिहे गर्ने जानकारी दिएकी छिन्।
उनले भनेकी छिन्,‘हामीले फागुणमा बिहे गर्ने तयारी गरेका छौ। कुन दिन बिहे हुन्छ पक्का भएको छैन।’ नायिका शर्माले अहिले ‘झिंगे दाउ’ नामक चलचित्र साइन गरेर बसेकी छिन्। उनले, बिहे अगाडि पनि राम्रो चलचित्रको अफर आएको खण्डमा गर्ने बताइन्।
चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचल अहिले म्यूजिक भिडियोमा व्यस्त छिन्। उदिपसँग प्रेममा परेपछि आँचलको सामाजिक संजाल दुइको तस्वीरले बढी रंगिने गरेको छ। अब विहेपछि झन कति रंगिने त्यो हेर्न बाँकी छ।