मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार मध्यराती देखि लागु हुनेगरी नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँमै देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सकिने गरी कम्पनीले ‘अल नेटवर्क भ्वाइस प्याक’ सार्वजनिक गरेको हो।
यो ‘अल नेट भ्वाइस प्याक’ मंगलबार (कात्तिक २६) देखि सञ्चालनमा ल्याइएको हो। यस प्याक अन्तर्गत एनसेलका ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रुपैयाँ (कर सहित २५.५४ रुपैयाँ) मै लिन सक्ने बताइएको छ। यसरी देश भित्रका अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो नेपालमै पहिलो पटक हो।
हाल सामान्य अवस्थामा एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ रुपैयाँ लाग्दै आएको छ।
एनसेलका ग्राहकले *17118*7# डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन्। सुचारु गरेपछि २४ घण्टाका लागि यो प्याक मान्य हुनेछ। यो अफर आगामी माघ २६ गतेसम्म संचालनमा रहने जनाइएको छ।