काठमाडौं — नेपाली कामदारको हकहितका लागि श्रम सम्झौता परिमार्जन गर्न बहराइन सहमत भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि बहारइनका गैरआवासीय राजदुत अब्दुल रहमान महोम्मद अहमद अल गाउदबीचको भेटमा श्रमिकहरूको लागि बहराइन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
छलफलमा अन्तर्राष्ट्रिय मान्यता अनुरुप द्विपक्षीय श्रम सम्झौता तथा दुई देशबीचको बहुआयामिक सम्बन्ध बिस्तारका लागि पहल गर्न दुवै पक्ष सहमत भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए।
साथै राजदुत गाउदले नेपाली श्रमिकले बहराइनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली श्रमिकको प्रशंसा गरेका थिए। नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिवद्ध भएकोले बहराइन सरकारले नेपाली श्रमिककोे संख्या बढाउन चाहेको जानकारी दिए।