काठमाडौं– बाल–कलाकार हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्यकी खानी हुन् भन्दा फरक नपर्ला। केही दिन अगाडि मात्र आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ मा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो।
नायिका नीता ढुङ्गाना नयाँ चलचित्र ‘माया’ को तयारीमा छिन्। निरन्तर असफल चलचित्रको असर उनको करिअरमा पनि परेको छ। यसैले, आफ्नै निर्माणमा बन्ने चलचित्रबाट उनी माथि आउने अपेक्षा गरिरहेकी छिन् ।
नीता पहिरनको मामालामा पनि सौखिन तर सजग छिन्। विरगञ्जको कार्यक्रमको उद्घाटनमा उनले लगाएको पहिरनले सबैको ध्यान तानेको थियो। अधिकांश कलाकार सामान्य पहिरनमा पुग्दा नीता भने आकर्षण पहिरनमा पुगेकी थिइन्। जन्मदिनमा आएको गिफ्ट भन्दै नीताले लगाएको पहिरनमा धेरेको आँखा गयो।