एजेन्सी– चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो अहिले भाइरल बनेको छ। मानिसको अनुसारसँग मिल्दो जुल्दो देखिने एक माछाको भिडियोले सामाजिक संजालमा तहल्का नै मच्चाएको देखिन्छ।
उक्त भिडियोमा माछाको अनुहार मानिसको अनुहारसँग मिल्दो देखिएको छ। पोखरीमा पौडिरहेको माछाको भिडियोलाई नियालेर हेर्दा माछाको आँखा, नाक र मुख हूबहू कुनै एक मानिसको जस्तो देखिन्छ।
चीनको दक्षिण कुनमिङ्गको एक टोलमा भ्रमणका लागि पुगेकी एक महिलाले पोखरीमा मानिसको अनुहार भएको माछा देखेपछि माछाको भिडियो खिचेकी थिइन्। उक्त भिडियो ती महिलाले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेपछि निकै भाइरल भएको छ।
भिडियाेकाे लागि यहाँ किल्क गर्नुहाेस्