काठमाडौं– नेपाली चलचित्रमा लामो समय राज गरेका नायक राजेश हमाल अभिनयबाट हराउँदै गएतापनि म्युजिक भिडियोमा देखिन थालेका छन् ।
केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्काे ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।
गायिका रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन्। गीतमा राजेशको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय रहेको छ ।
लोकराज अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतको छायाँङ्कन रामेस्वर कार्कीले गरेका हुन्।
https://www.youtube.com/watch?v=Ub33PkaNU2k