काठमाडौं_ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ५ भदौमा उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा दुई नेताबीच भनाभन भएको थियो। दुई नेताबीच झण्डै तीन महिनापछि मंगलबार पहिलो पटक वान टु वान वार्ता भएको हो।
मंगलबारको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्वंयमको पहलमा झण्डै चार घन्टा कुराकानी भएको छ। ‘पछिल्लो समय दुई नेताको सम्बन्ध सौहर्दपूर्ण थिएन’, नेकपा स्रोतले भन्यो, ‘मंगलबार मन माझमाझ गर्ने काम भएको छ।’
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विविध कारणले पार्टीका निर्णयहरु सहमतिमा गर्न नसकेको भन्दै अब सहमतिमा नै जाने आश्वासन दिएका छन्।
जवाफमा नेता नेपालले आफूले जहिले पनि पार्टीको निर्णयहरु विधिसम्मत हुनुपर्छ भन्दै आएको स्मरण गराएका थिए। अध्यक्षको हैसियतमा त्यो तपाईको दायित्व पनि हो, जुन तपाईले पूरा गर्नु भएन र समस्या आयो’, नेता नेपालको भनाइ थियो।
दुई नेताबीच पार्टी एकताका बाँकी काम टुंगोमा पु¥याउने, सीमा विवाद लगायतका विषयमा कुराकानी भएको थियो।