गुलरिया _ मधुवन नगरपालिकाका धेरै मासुपसलमा नगरले तालाबन्दी गरेको छ।
बुधबार अनुगमनका क्रममा धेरै मासु पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको र मापदण्ड पुरा नगर्ने मासुपसलमा तालाबन्दी गरिएको हो।
अनुगमनका क्रममा मादण्ड विपरीत सञ्चालन भएको नुर आलम रागा मासु पसलमा मधुवन नगरपालिकाको अनुगमन टोलीले तालाबन्दी गरेको छ।
नगरपालिकामा स्थानीयले मासुपसलहरू मापदण्ड विपरीत सञ्चालन रहेको गुनासो गरेका कारण अनुगमन गरेको मधुवन नगरपालिकाका उपप्रमुख शुवरानी थारूले बताए। उनले भने यस अघि पनि हामीले पटक पटक सम्झाउँदा अटेर गरेका कारण चेतावनी स्वरूप तालाबन्दी गरेका हौँ।
पछिल्लो समय मधुवन नगरपालिकाले जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा चासो राख्नको साथै अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरेको छ।दुग्ध डेरि र मासु पसलहरूको बुधबार अनुगमन गरेको छ।
अनुगमनका क्रममा धेरै मासु पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको र मापदण्ड पुरा नगर्ने मासुपसलमा तालाबन्दी गरिएको छ। अनुगमनका क्रममा मादण्ड विपरीत सञ्चालन भएको नुर आलम रागा मासु पसलमा मधुवन नगरपालिकाको अनुगमन टोलीले तालाबन्दी गरेको छ।
नगरपालिकामा स्थानीयले मासुपसलहरू मापदण्ड विपरीत सञ्चालन रहेको गुनासो गरेका कारण अनुगमन गरेको मधुवन नगरपालिकाका उपप्रमुख शुवरानी थारूले बताए। उनले भने यस अघि पनि हामीले पटक पटक सम्झाउँदा अटेर गरेका कारण चेतावनी स्वरूप तालाबन्दी गरेका हौँ।
पछिल्लो समय मधुवन नगरपालिकाले जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा चासो राख्नको साथै अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरेको छ।