काठमाडौँ, १४ माघ – निर्देशक नितिन चन्दको नयाँ चलचित्रको छायाङ्कन गोवामा भइरहेको छ। यसअघि उनले ‘जोनी जेन्टलम्यान’को निर्देशन गरिसकेका छन्। उनको यो ‘गीत गजल’ दोस्रो चलचित्र हो।
सुरेश काफ्लेले खिचेको यस चलचित्रको छायाङ्कन हाल भारतको गोवामा भइरहेको छ। आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा रूप पोखरेल र आरोही सिंह फिचर्ड छन्।
यस चलचित्रको ‘छ कि छैन थाहा’ बोलको गीतको गोवामा छायाङ्कन भइरहेको छ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको उक्त गीतमा अञ्जु पन्त र सुरेश लामाको आवाज रहेको छ।
यस गीतमा निर्देशक चन्दकै कोरियोग्राफी रहेको छ। चलचित्र ‘गीत गजल’मा रूप, आरोही, रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करञ्जित, सान्त्वना भट्टराई, भीमा मैनाली लगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको कथा, पटकथा तथा संवाद अस्मित पोखरेलले तयार पारेका हुन् भने बाबु श्रेष्ठको छायाङ्कन रहेको छ। सुदीप कुँवरको सहायक निर्देशन रहेको यस चलचित्रमा अर्जुन पाख्रेलको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ। चलचित्रमा गीतलाई उत्कृष्ट बनाउन सकेसम्म मेहनत गरेको निर्देशकले बताए।