एजेन्सी–चर्चित बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अलि खान एकअर्कासँग सम्बन्धमा रहेको चर्चा बलिउडमा छ।
आफ्ना बाबु सैफअलि खानसँग एक टेलिभिजन कार्यक्रममा ‘कोसँग डेटिङ जाने हो?’ भन्ने प्रश्नमा साराले निर्धक्क कार्तिकको नाम लिएकी थिइन्।
पछिल्लो समय उनीहरूले इम्तियाज अलिको ‘लभ आजकल’ को सिनेमामा जोडी बनेर काम गरेका छन्। यसले उनीहरूलाई थप नजिक बनाएको बताइन्छ। यता सारा र कार्तिकको निकटता दिनदिनै बढिरहेको चर्चा बढीरहँदा साराकी आमा अमृता सिंह भने उनीहरुको प्रेम सम्बन्ध बारे असन्तुष्ट रहेको बताइन्छ। कार्तिकसँगको सम्बन्धका कारण साराको ध्यान व्यवसायिक काममा भन्दा पनि बढी व्यक्तिगत काममा गएकाले अमृता छोरीसँग खुशी नभएकी हुन्।
भारतीय संचार माध्यमका अनुसार अमृता भर्खरै करियर सुरू गरिरहेकी आफ्नी छोरीले आफ्नो करियरमा धेरै ध्यान देओस् भन्ने चाहन्छिन्। उनको चिन्ता भनेको व्यक्तिगत सम्बन्धका कारण छोरीको व्यवसायिक जीवनमा असर नपरोस भन्ने हो।