एजेन्सी– पूर्व विश्व सुन्दरी तथा चर्चित बलिउड नायिका प्रियंका चोपडा तथा निक जोनासले अमेरिकाको लस एन्जल्समा महँगो घर किनेका छन्।
उनीहरूले २० मिलियन अमेरिकी डलर खर्चेर सो घर किनेका हुन्। यो मूल्य भनेको एक सय ४४ करोड भारू हो। निक र प्रियंकाले किनेको घर करिब २० हजार स्क्वायर फुटमा फैलिएको छ।प्रियंकाको यस घरमा सात वटा सुत्ने कोठाको साथमा ११ वटा वाथरूम र पर्याप्त खुल्ला स्थान रहेको छ।
सन् २०१८ मा विवाह गरेका निक र प्रियंकाको कमाई राम्रै छ, उनीहरुको कमाई क्रमशः २५ र २८ मिलियन डलर रहेको छ।