काठमाडौं– नेपाली कथानक चलचित्र ‘१२ सत्ताइस’ ट्रेलर भर्खर मात्र रिलिज भएको छ। सिनेमा भने मंसिर २७ गते रिलिज हुँदैछ। बुधाबार राजधानी आयोजित एक कार्यक्रमकाबिच सिनेमाको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरले सिनेमा कमेडीमा आधारित रहेको देखाएको छ।
सिनेमामा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय छ। सिनेमालाई जोन योञ्जनले निर्दे्शिन गरेका हुन्।
दीपक आरजेको संगीत रहेको सिनेमामा अनिश श्यांग्देनको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ। निर्देशक स्वयम्ले सिनेमाको कथा लेखेका हुन्। रेणु राना, दीपक खतिवडा र रुपक थापाको प्रमुख लगानीमा निर्मित सिनेमामा गौतम शाहको सह–लगानी रहेको छ।
https://youtu.be/JBr5DYhG6L8