एजेन्सी– इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ। जारी खेलमा नेपालका अल राउण्डर पवन सरार्फले अर्धशतक बनाएका छन्।
पवनले ४३ बलमा ५३ रन बनाएरुर खेलिरहेका छन्। उनले त्यस क्रममा ७ चौका र २ छक्का हानेका थिए। क्रिजमा नेपालका अर्का ब्याट्सम्यान करण केशी ८ रन बनाएर खेलिरहेका छन्।
नेपालका लागि शरद भेषवाकरले ४४ तथा कुशल भुर्तेलले २८ रन बनाएका थिए। नेपालले जारी अवस्थामा ४१.५ ओभरमा ७ विकेटकाे क्षतिमा १ सय ७४ रन बनाएकाे छ।