काठमाडौं– नेपालकाे सबै भन्दा ठूलाे अनलाइन सपिङ साइट दराजले आफ्नो एक दिने सेलका क्रममा नेपालमा १ लाख ५० हजार भन्दा बढी सामान बिक्री भएको जनाएको छ। नेपालमा दोश्रो पटक ११.११ सेलका क्रममा पुरानो सबै रेकर्ड तोडिएको दराजको दाबी छ।
तीन हजारभन्दा बढी बिक्रेताबाट ५० हजारभन्दा भन्दा बढी उपभोक्ताले सामान खरीद गरेको बताइएको छ। यसपाली साओमी, सामसङ, एल जी, आडीडास, टाइटन, टीभीएस, सोनाम गियर्स, जे फिशर लगायतका ब्राण्डका सामान सबैभन्दा बढी बिक्री भएका छन्। जसका लागि सुरुवाती एक घण्टामा आठ हजारभन्दा बढी अर्डर प्राप्त भएको दराजले जानकारी दिएको छ।
यसपालीको ११.११ सेलमा नेपालका २४ भन्दा बढी सहरहरु बाट अर्डर आएको बताइएको छ। त्यसक्रममा दराज एप र वेबसाइट मा साढे तीन लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो। यो गत वर्षको तुलनामा ७५ प्रतिशतले बढी हो। यद्यपी कारोबार रकमको विषयमा भने दराजले कुनै जानकारी सार्वजनिक गरेको छैन।