एजेन्सी- गुगल क्रोम नयाँ फिचर सहित प्रयोगकर्ताले पाउन थालेका छन्। क्रोमको ७७ अपडेटमा कुनै वेबसाइट स्लो भए पत्ता लगाउने एउटा नयाँ फिचर थपिएको हो। क्रोम ब्राउजरका नयाँ अपडेट प्रयोग गर्ने प्रयोगकर्ताले यो अनुभव गर्न पाउँनेछन्।
गुगलका अनुसार क्रोम ब्राउजरमा खोलिएका कुनै वेबसाइट खुल्न लाग्ने समयको विश्लेषण गर्दै यसले उक्त वेबसाइट स्लो भएको जानकारी दिनेछ। कुन कारणले वेबसाइट स्लो भएको हो भन्ने जानकारी दिनसक्ने गरी आगामी दिनमा अपडेट गरिने क्रोम टिमले आफ्नो ब्लगमार्फत सार्वजनिक गरेको छ।
क्रोमको नयाँ अपडेट एन्ड्रोइड, लिनक्स, आइओएस र विन्डोज गरी चल्तीका सबै अपरेटिङ सिस्टममा उपलब्ध छ। नयाँ अपडेटमा ट्याबको थम्बनेललाई व्यवस्थित तरिकाले सुधारिएको छ।