एजेन्सी– बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत यु–२३ क्रिकेट टिमसँग पराजित भएको छ। आफ्नो पहिलो खेल नेपाल भारत यु–२३ सँग ७ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ९४ रनको विजयी लक्ष्य भारतले ४२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
भारतको जितमा शानविर सिंह र अर्मान जफरले अर्धशतकीय पारी खेले। सिंहले ७३ बलमा ४ चौकाको मद्धतमा ५६ रन बनाए भने जफरले ७७ बलमा ५१ रनको योगदान दिए। कप्तान बीआर शराथले सर्वाधिक ४९ रनको योगदान दिए। उनले त्यसक्रममा ८ चौका र एक छक्का प्रहार गरे। त्यस्तै आर्यन जुयलले ४३ बलमा २९ रन बनाउँदा यश राथोडले ७ रन बनाए।
बलिङमा नेपालका करण केशीले ७ ओभरमा २५ रन दिँदै १ विकेट, शुसन भारीले १० ओभरमा ४० रन खर्चिएर १ विकेट लिए भने ललित राजवंशीले १० ओभरमा ४३ रन खचिँदै १ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपाल ४४.४ ओभरमा १ सय ९३ रनमा अलआउट भएकाे थियाे। नेपालको लागि पवन सरार्फले उत्कृष्ट अर्धशतक बनाए। उनले ४९ बलमा ७ चौका र २ छक्का हानेका थिए। अर्का ब्याट्सम्यान शरद भेषवाकरले ७६ बलमा ४४ रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र शुन्य रनमा आउट हुँदा कुशल भुर्तेलले २८ तथा दिपेन्द्र सिंह ऐरीले २४ र करण केशीले २० रन बनाए।
भारत यु–२३ को लागि शौरव दुबेले ४ विकेट लिए। उनले ६.५ ओभरमा २१ रन खर्चिए। अर्का बलर यश राथोडले ७ ओभरमा ४१ रन दिँदै ३ विकेट हात पार्दा पार्थ पटेलले २ विकेट लिए।