काठमाडौं – समावसेवी महावीर पुनको अग्रसरतामा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले होमस्टे बुकिङ गर्ने प्रणाली विकास गरेको छ। ग्रामीण क्षेत्रमा रहेको होमस्टे अनलाइनबाटै बुकिङ गर्न मिल्ने प्रणालीको विकास गरिएको हो।
आविष्कार केन्द्रका अध्यक्ष पुनले फेसबुकमा पोष्ट गर्दै यसको जानकारी गराएका हुन्। उक्त प्रणालीको लागि तथ्यांक संकलन गर्न स्वयमसेवी समेत आवश्यक परेको पनि उनले पोष्टमा उल्लेख गरेका छन्।
काठमाडौं बाहिर विभिन्न जिल्लाको ठाउँठाउँमा गएर होमस्टे सम्बन्धी तथ्यांक संकलन गर्न स्वयमसेवी खोजी गरिएको हो। केन्द्रले स्वयमसेवीको खानेबस्ने, यातायात खर्च उपलब्ध गराउने पुनले जानकारी दिएका छन्।
