काठमाडौं–‘पासवर्ड, सम्हालिन्छ कहिले मन’ बनाइसकेको एबी इन्टरनेशनल प्रालिले अब चलचित्र वितरण गर्ने भएको छ। यो कम्पनीले नेपाली तथा विदेशी चलचित्र वितरण गर्ने बताएको छ। यो कम्पनीले बर्षमा २ वटा चलचित्र निर्माण गर्ने र त्यसलाई अन्तरराष्ट्रियकरण गर्ने पनि बताएको छ।
पछिल्लो समयमा नेपालमा वितरण कम्पनी खोल्ने क्रम बढेको छ। कतिपय वितरकहरुलाई भने हिन्दी र अंग्रेजी चलचित्रको प्रमोट गर्दै नेपाली चलचित्र धराशायी बनाउन लागेको आरोप समेत लागेको छ।
एबी इन्टरनेशनल यो आरोपबाट भने यो आरोपबाट पूर्ण रुपमा मुक्त होस्, शुभकामना।