एजेन्सी–बलिउड सुपरस्टार रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन्। गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए। करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए।
आफ्नो बिबाहको पहिलो विहे उत्सव मनाउनको लागि रणवीर र दीपिका परिवारसहित मन्दिरमा पुगेका छन्। भारतको तिरुमाला मन्दिरमा पुगेर उनीहरुले दर्शन गरेका हुन्। बिबाहको मण्डपमा लगाउने जस्तो पहिरनमा रणवीर र दीपिका प्रस्तुत भएका थिए। दीपिकाको सिउँदोमा रणवीरको नामको सिन्दुर सजिएको थियो।
रणवीर र दीपिकाले अभिनय गरेको नयाँ चलचित्र ‘८३’ प्रदर्शनका लागि तयारी रहेको छ। बलिउडमा निकै कम जोडीपछि बिहेपछि उनीहरु उदाहरणिय बनेका छन्। रणवीर र दीपिकाको सम्बन्ध भने धेरैका लागि उदाहरण बनिरहेको छ। चलचित्र ‘रामलिला’ मा काम गर्दा यो जोडी नजिक भएको थियो ।