एजेन्सी – इन्डोनेसियामा यात्रुवाहक बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ। १६ जना यात्रु घाइते छन्। बिहीबार यात्रुवाहक दुईवटा बस आपसमा ठोक्किएका थिए। राजधानी जाकर्ताको पश्चिमी जाभास्थित व्यस्त सडकमा दुर्घटना भएको हो।
पश्चिमी जाभा प्रहरी प्रवक्ता ट्रुनोयुडो विस्नु अन्दिकोका अनुसार बस चालकले नियन्त्रण गुमाएपछि विपरीत दिशाबाट आएको बससँग ठोक्किएको थियो। जाभाकै सुकाबुनीस्थित गत सेप्टेम्बर महिनामा पनि यस्तै बस दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको थियो।