एजेन्सी–चर्चित बलिउड नायिका रानी मुखर्जीको एक दर्शक अगाडि गज्जबको क्रेज थियो। उनले अभिनय गरेका चलचित्र सुपरहिट हुन्थे। त्यतिबेला उनको अत्याधिक माग थियो। अहिले रानीको क्रेज पहिलेको जस्तो छैन। यसैले, अहिले उनी रोमान्टिक चलचित्र भन्दा पनि सामाजिक कथाका चलचित्रमा बढी केन्द्रित देखिएकी छिन्।
रानीले अभिनय गरेको चलचित्र ‘मर्दानी–२’ को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रमा रानी प्रहरी अफिसर्सको भूमिकामा देखिएकी छिन्। यूवतीमाथि हुने बलात्कारको घटनाको छानविन गरिरहेकी रानीलाई एक्सन अवतारमा पनि देख्न सकिन्छ।
आदित्य चोपडाको निर्माण भएको चलचित्रमा गोपी पुत्रनको निर्देशन छ। यो चलचित्र डिसेम्बर १३ मा रिलिज हुँदैछ। चलचित्र ‘मर्दानी’ बक्स अफिसमा हिट भएको थियो। चलचित्रलाई सत्य घटनामा आधारित भनिएको छ। त्यसैले रानीको भिन्न अवतारलाई दर्शकले पहिलेको जस्तै उनलाई गजब ठान्लान कि नाई त्यो हेर्न बाँकी छ।