भदौ पच्चीस भईसकेछ, डोटी अँझ उस्तै
बाटुली र विमलाको, भोटी अँझ उस्तै।
विचरीको दीन दशा, अझैं सुर्धेनछ
दिन भरिको मानो पिठो,रोटी अँझ उस्तै।
नयाँ नेपाल आयो भन्छन्, यिनलाई आएन र?
दुखियाको कर्म, खोटी अँझ उस्तै।
परिवर्तन केही भाछैन, सबै कुरा उही छन्
भारि बोक्ने भरिया र,छोटी अँझ उस्तै।
मनमानी ढङ्गले, ताकि–ताकि हान्ने
स्ट्राईकर त्यो क्याराम बोर्डको,गोटी अँझ उस्तै।
कसैको दुर्दशा,बीसको उन्नाईस होईन
यूद्धको घाउ बैसाखीमा, मोटी अँझ उस्तै।