काठमाडौं– भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन आउँदै छन्। युनिसेफको सद्भावना दूत रहेका सचिन युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा पनि सहभागी हुन नेपाल आउने भएका हुन्।
यसैबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनै सचिन र नेपालका पूर्वकप्तान विनोद दासको टिमबीच क्रिकेटमा प्रतिस्पर्धा हुने भएको छ। प्रदर्शनी क्रिकेटमा उनीहरुको टिममा स्कुलका बालबालिका सहभागी हुने बताइएको छ।
स्रोतका अनुसार खेल शनिबार बिहान १० बजे हुनेछ। खेल १० ओभरको खेलाइने छ। नेपालका पूर्व कप्तान पारस खड्का र सचिनलाई एकै मञ्चमा उपस्थिति गराउने कार्यक्रम भएपनि पारस टी–१० लिग खेल्न युएई गएका कारण विनोद दासलाई उपस्थित गराउन लागिएको बताइएको छ।
शनिबार खेल खेलाइने हुँदा ग्राउन्ड स्टाफलाई तयारी अवस्थामा राखिएको छ। विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा छैनन्।