कास्की– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालका रहेका छन्। चार दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनी उच्चस्तरीय भेटघाट तथा विभिन्न ठाउँको भ्रमणमा व्यस्त छन्।
यसैबीच उनले पर्यटकीय पोखराको भ्रमण गरेका छन्। पोखरामा रहँदा ढुङ्गाा सयर गरेका उनी त्यसपछि कास्कीको रुपाकोट पुगेका थिए। रुपवकोटमा हमिदलाई सम्मानसहित गाउँपालिकाले काठको ठेकी उपहार दिएको छ।
रुपाकोट रिसोर्टबाट उनले हिमाल र तालको प्राकृतिक सौन्दर्यमा रमाएका थिए। उनले त्यहाँबाट देखिने माछापुछ्रे हिमालको दृश्यावलोकन गरेका थिए।
राष्ट्रपति हमिदसँग भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभा सदस्य खगराज अधिकारी पनि रुपाकोट पुगेका थिए।राष्ट्रपति रुपाकोटबाट फर्किँदा स्थानीयले घाटु, सोरठी, झाँकीसहित स्वागतसँगै विदाई गरेका थिए।