काठमाडौं _ चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चिकित्सक लोचन कार्कीले उम्मेदवारी दिने भएका छन्।
चिकित्सक कार्की अहिले सङ्घको महासचिव हुनुहुन्छ। आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ। लोकतान्त्रिक चिकित्सक सङ्घको आज बसेको बैठकले उहाँलाई सो पदमा उठाउने निर्णय गरेको हो।
सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्वअध्यक्षहरु चिकित्सक केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुषालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यसअघि, चिकित्सक पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। विसं २००७ फागुन २० गते नेपाल चिकित्सक सङ्घको स्थापना भएको थियो। रासस