कपिलवस्तु _ पूर्वअर्थ राज्यमन्त्री तथा व्यवसायी रुप ज्योति र उनकी छोरी सूरुची ज्योतिलाई तत्काल रिहा गर्न पूर्व राजदूत दीपकुमार उपाध्यायले सरकारसँग माग गरेका छन् ।
उपाध्यायले रुप ज्योति थुना प्रकरणले सिंगो निजी क्षेत्र राज्य आतंकबाट त्रसित बनेको पनि आरोप लगाए । उपाध्यायले भने, ‘सरकारको यस्तै रवैया बढ्दै जाने हो भने राष्ट्रिय पुँजीपतिहरु पलायनको बाटोतर्फ लाग्छन् ।’
आपसी छलफल र संवादबाट समाधान गर्न सकिने लेनदेनको मुद्दालाई फैजदारी मुद्दा जस्तो गरी थुनामा राखिएको कदमको उपाध्यायले निन्दा गरेका छन् ।यस्ता घटनाले व्यवसायीको आत्मबल कमजोर बनाउने भन्दै उपाध्यायले निजी क्षेत्रलाई संरक्षण गर्नुपर्ने नीति लिन सरकारलाई आग्रह गरेका छन् ।