भारतकी लोकप्रिय गायिका लता मंगेशकरको निधन भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ। एकाएक सामाजिक सञ्जालमार्फत उनको निधनको हल्ला फैलिए पनि परिवारले यो हल्ला झूठो भएको जनाएको छ।
डेढ महिनाअघि मात्रै ९० औं जन्मदिन मनाएकी लतालाई सास फेर्न गार्हो भएपछि मुम्बई स्थित ब्रिच क्याण्डी अस्पतालको आईसियूमा भर्ना गरिएको थियो। अस्पताल स्रोतले गायिकामा निमोनिया र फोक्सोमा इन्फेक्सन देखिएकोले अवस्था गम्भीर रहेको तर पछिल्लो समय अवस्थामा केही सुधार देखिएको बताएको थियो। उपचारपछि लता सोमबार साँझ अस्पतालबाट घर फर्केकी थिईन्।
बिहीवार सामाजिक सञ्जालमा लताको निधन भएको खबर फैलिएपछि परिवारले खण्डन गरेको छ। लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको र यस्तो हल्ला नफैलाउन परिवारले आग्रह गरेको छ।