हङकङ– हङकङमा एकजना ७० वर्षीय बृद्धको प्रदर्शनकारी र सरकार समर्थकको झडपका क्रममा बिहीबार मृत्यु भएको छ। अधिकारीहरुका अनुसार सफाइको काममा संलग्न ती व्यक्तिको कामबाट बाहिर खाना खान निस्केको बेलामा मास्क लगाएका व्यक्तिले फालेको वस्तु टाउकोमा लागेर मृत्यु भएको हो।
गएको साता मात्रै एउटा भवनबाट लडेर विद्यार्थीको मृत्यु भएको थियो। प्रहरी अपरेसनका क्रममा ती विद्यार्थी लडेका थिए। हङकङमा गएको ५ महिनादेखि आन्दोलन भइरहेको छ। हङकङ सरकारले हिजोको घटनाप्रति दुःख व्यक्त गरेको छ। ती व्यक्ति फुड एण्ड इन्भायरमेन्ट हाइजिन डिपार्टमेन्टका कर्मचारी हुन्। (बीबीसी)