काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग)का लागि महिला क्रिकेट टोलीको घोषणा गरिएको छ। बिहिबार घोषणा गरिएको टोलीको कप्तानमा रुविना क्षेत्री बेलवासे रहेकी छिन्।
वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल)मा उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेकी सुमन खतिवडा(शान्ती)लाई समेटेर १५ सदस्यीय टोलीको घोषणा गरिएको हो। सुमनले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्।
महिला टोलीमा कप्तान रबिनासँगै सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, ममता चौधरी, सरस्वती चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ति), रोमा थापा, डलि भट्ट र कविता कुँवर रहेका छन्।
स्रोतका अनुसार महिला टोलीका प्रशिक्षक जगत बहादुर टमटा, राष्ट्रिय खेलकुद परिषद(राखेप) का प्रशिक्षक श्यामसन जंग थापा र राखेपका समन्वय समितीका सदस्य सुमन राजकार्कीको टोलीले खेलाडी छनोट गरेको हो। साग मंसिर १५ देखी २४ सम्म काठमाडौं र पोखरामा चल्ने छ। महिला टोलीले पोखरामा प्रतिस्पर्धा गर्नेछ।