जाजरकोट– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ परेका छन्। प्रहरीले जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओली (धमिल) लाई नियन्त्रणमा लिएको हो।
एराति बाँकेको कोहलपुरबाट उनलाई पक्राउ गरेको हो। नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।