एजेन्सी- चर्चित सामाजिक सञ्जाल फेसबुकले यो वर्ष कुल ५ अर्ब ४० करोड फेक अकाउण्ट बन्द गरेको छ। फेसबुकले भर्खरै सार्वजनकि गरेको ट्रान्स्परेन्सी रिर्पोटका अनुसार सन् २०१९ मा भारी मात्रामा फेक अकाउण्ट डिलेट गरिएको उल्लेख छ।
धेरै समयदेखी एक्टिभ नरहेका, आफ्नो फोन अथवा इमेलमार्फत एकाण्ट प्रमाणीत नगरिएका लगायत अन्य विभिन्न अध्ययनका आधारमा फेसबुकले एक वर्षमा पाँच अर्ब ४० करोड अकाउण्ट हटाएको जनाएको छ। फेसबुकले हटाएका त्यस्ता अकाउन्टहरुमा बढी बाल दुर्व्यवहार र आत्महत्याका विषयवस्तु रहेको जनाइएको छ।
फेसबुकका अनुसार विश्वभर रहेका मासिक शक्रीय प्रयोगकर्तामा समेत पाँच प्रतिशत फेक एकाण्ट रहेका छन्। फेसबुकको हाल दुई अर्ब ५० करोड मासिक शक्रीय प्रयोगकर्ता रहेका छन्। त्यसमध्ये १२ करोड ५० लाख अकाउण्ड फेक देखिएका हुन्।
फेसबुकले चालेको यो कदमलाई सामजिक सञ्जालमा हुने विभन्नि अनैतिक क्रियाकलापलाई रोक्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यसले राजनीतिक चुनावमा पार्ने असरलाई पनि राक्ने मद्दत गर्नेछ । साथै सामाजिक सञ्जालमार्फत हुने दुरव्यवहारलाई समेत यसले रोक्न मद्दत पुग्ने फेसबुकले जनाएको छ।