विराटनगर–धरान सडकखण्डअन्तर्गत महेन्द्र चौकमा अटो चालकहरू आन्दोलित भएका छन्। शुक्रबार ट्राफिक प्रहरीले अटोमा ताला लगाएका कारण अटो चालकहरू विरोधमा उत्रिएका हुन्।
जथाभावी रोकेर यात्रु चढाउने गरेका कारण ट्राफिकले २ वटा अटोमा ताला लगाइदिएको थियो। सोको विरोध गर्दै अटो चालकले आन्दोलन सुरु गरेका हुन्। चालकले करिब सय वटा अटो सडकमा तेर्स्याएर आन्दोलन गरेपछि सवारी आवागमनमा समस्या भएको छ।