काठमाडौं– काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रूप ज्योती विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने भएको छ।
उनमा परेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई फाइल बुझाएपछि सरकारी वकिल कार्यालयले रुपज्योति विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।
यसअघि जिल्ला अदालत काठमाडौँले यही विषयमा यो मुद्दा देवानी प्रकृतिको भएको हुँदा फौजदारी अभियोग आकर्षित नहुने निर्णय गरेको थियो। जिल्ला अदालतको त्यही निर्णयलाई आधार मान्दै प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मुद्दा नचालउने निष्कर्षमा पुगेको हो।
उनलाई मुद्दा नचाउने निर्णय गरेपछि दरबार मार्ग प्रहरी वृत्तमा थुनामा रहेका रुपज्योति र उनकी छोरी सुरुची केहीबेरमा छुट्न लागेको रुपज्योतिका वकिल अरुण कुमार ज्ञवालीले जानकारी दिए।
सिंगापुरबाट फर्कनेक्रममा गत कार्तिक २१ गते बिहीबारसाँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले रुपज्योतिलाई पक्राउ गरेको थियो।