एजेन्सी- फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपमा फेसबुकको ब्राण्ड लोगो प्रयोग गरिएको छ।
केही समय अघि फेसबुकले आफ्नो ब्राण्ड लोगो सार्वाजनिक गरेको थियो। ब्राण्ड लोगो सार्वजनिक गरेसँगै कम्पनीले त्यसलाई ह्वाट्एपमा प्रयोग गरेको हो।
भर्खरैमात्र सार्वजनिक भएको ह्वाट्सएपको वेटा भर्जनमा फेसबुकको ब्राण्ड लोगो देखिएको छ। फेसबुकले आफ्नो ब्राण्ड लोगोलाई विस्तारै इन्स्टाग्राममा पनि प्रयोग गर्ने उल्लेख छ।
पहिलो चरणमा यो एन्ड्रोइड भर्जनमा मात्रै आएको छ। विस्तारै यसलाई आईओए भर्जनमा पनि ल्याउने जनाइएको छ। अर्कोतर्फ आईओएस भर्जनमा भने ह्वाट्सएपको ब्ल्याक भर्जन समेत टेष्ट भइरहेको छ। सार्वजनिक भएको फोटोहरूमा आईओएस प्रयोगकर्ताले एप्पलको ब्ल्याक भर्जन प्रयोग गरिहेको देखिएको छ।