तस्वीरः अन्नपुर्ण बाट
कालिकोट — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताको भिरबाट खसेर मृत्यु भएको छ।
जिल्लाको पलाता गाउँपालिका–५ खिन निवासी नेकपाका एरिया कमिटी सदस्य हरिचन्द विक ‘हृदय’को भिरबाट खसेर उनको मृत्यु भएको हो।
उनी छलाहाँ गाउँबाट खिन घरतिर जाँदै गर्दा भीरबाट खसेका हुन्। उनको घटनास्थलमै ज्यान गएको हो।’ नेकपा कालिकोटले शोक वक्तव्य जारी गर्दै पार्टीको एरिया कमिटी सदस्य विकको निधनले सिंगो पार्टीलाई ठूलो क्षति भएको जनाएको छ।
नेकपा कालिकोटका इन्चार्ज कर्णबहादुर भण्डारी ‘बिराड’ र जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदीपले संयुक्त रुपमा शोक वक्तव्य निकाल्दै पार्टीका जुजारु नेता विकको निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रदाञ्जलि दिँदै उनका परिवारजनमा समवेदना दिएका छन्।