काठमाडौं– चक्लेटी नायक सलोन बस्नेत र आमेश भण्डारी गायक बनेका छन्। ‘मेरो लागि तिमी ...’ बोलको गीत सलोन र आमेशले स्वरमा रेकर्ड गरिएको छ।
सलोन र आमेशकै शब्द रहेको गीतको संगीत रोमन बज्राचार्यले गरेका हुन्।गीतसंगीत प्रतिको सौख पुरा गर्न गीत गएको अभिनेता सलोनले बताए। ‘अभिनय र गायन दुवैमा मेरो लगाव छ। अभिनयमा अलिक बढि नै समय दिनु परेकोले गायनमा लाग्न भ्याइन’ सलोनले भने ‘अव भने गीत गायनलाई पनि समय दिनेछु।’
आमेशले पनि गीत गायन रुचि भएको बताए। उनको पनि गायनमा अव निरन्तरता दिने सोच रेहको छ । गीतको भिडियो पनि बनेको छ। भिडियोमा सलोन आमेश दुबै देखिएका छन्। सुशिल बाबु क्षेत्रीको निर्देशन रहेको भिडियोले दिन्सन शाहले सम्पादन गरेका हुन्। गीतलाई निकै रुचाईएको छ, उसो त सलोनका फ्यानहरु पनि धेरै छन्।
https://www.youtube.com/watch?v=odz1yQI5yTk